संसारमा खानीबाट सुन निकाल्ने धेरै कम्पनीहरु रहेका छन्। यी मध्ये ५ वटा ठूला कम्पनीहरुको बारेमा यहाँ चर्चा गरिएको छ।
१. ब्यारिक गोल्ड कर्पोरेशनः
यसलाई संसारको सबैभन्दा बढी सुन निकाल्ने कम्पनी मानिएकाे छ। यस कम्पनीले २६ वटा सुन खानीको संचालन गर्दै आएको छ।
२. न्यूमाउण्ट माइनिंग कर्पोरेशनः
यो कम्पनी विश्वको ८ देशहरुमा संचालनमा रहेको छ। यसले उत्तरी अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, एशिया र अफ्रिका गरी ५ महादेशमा काम गर्दै आएको छ।
३.एंग्लो गोल्ड अशान्तिः
यो साउथ अफ्रिकामा रहेको कम्पनी हो। यस कम्पनीले ४ महादेशमा २१ सुनको खानी संचालन गर्दै आएको छ। अमेरिका, तन्जानिया, दक्षिण अफ्रिका, नामिबिया, माली, गिनी, घाना, ब्राजिल, अस्ट्रेलिया र अर्जेन्टीना गरी १० देशमा यसका शाखाहरु रहेका छन्।
४. गोल्ड फील्डस् लिमिटेडः
यस कम्पनीले दक्षिण अफ्रिका, घाना, अस्ट्रेलिया र पेरुमा सुनको भण्डारण गर्दै आएको छ। यस कम्पनीको गोल्ड फिल्ड दक्षिण अफ्रिकामा रहेको छ।
५. यमन गोल्डः
यो कम्पनी क्यानडामा रहेको छ जसले ब्राजिल, अर्जेन्टिना, चिली र कोलम्बियामा सुन उत्पादन, विकास र खोजतलासको काम गरिरहेको छ।