Monday, July 6, 2015

सामाजिक सञ्जालका हरेक ब्यङ्ग्यमा देखिने एउटा तस्बिर

सामाजिक सञ्जालका हरेक ब्यङ्ग्यमा देखिने एउटा तस्बिर बारे सर्वत्र चासो हुने गरेको छ । यो तस्बिर बारे धेरै जिज्ञासा समेत छ । 

हरेक ब्यङ्ग्यमा भेटिने यो तस्विर चीनियाँ चर्चित बास्केट बल खेलाडी याओ मिङकाे हाे । विश्वभरका सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले  ब्याङ्ग्यात्मक शब्दहरुको प्रयोग गरेर उनको तस्बिर राख्ने गरेका छन् । नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा समेत सर्वाधिक प्रयोग हुने उनको तस्बिर बारेको रहस्य यस्तो छ । 

चीनमा जन्मेका उनी ७ फिट ६ इन्च अग्ला छन् र तौल १४० केजी रहेको छ । याओ एक्लो सन्तान हुन्। उनी किन्डरगार्टेनमा भएकै बेला बस चढ्दा बयस्कको टिकट काट्नु पर्दथ्यो । स्कुलको पहिलो ग्रेडमा हुँदा नै उनी आफ्ना शिक्षकभन्दा अग्ला थिए । उनी किशोर हुँदा उनको परिवारले उचाई सुहाउँदो घर बनाउनु परेको थियो ।



याओको उचाई र बास्केटबलप्रतिको लगाब उनको आमाबुवाबाटै प्राप्त भएको हो । याओकी आमा ६ फिट ३ इन्च अग्ली छिन् भने बुवा ६ फिट १० इन्च रहेका छन्। उनीहरु दुबैजना सन् १९७० मा चीनमा व्यवसायीक बास्केटबलमा संलग्न थिए ।

साङ्धाइमा हुर्किरहेका याओमाथि चीनका कोचहरुले पहिलेदेखि नै आँखा लगाइरहेका थिए । याओले १३ वर्षको हुँदा चीनमा बास्केटबलको विशेष तालिम लिएका थिए । १८ वर्षको हुँदा उनले सन् २००२ मा चीनको राष्ट्रिय समूहबाट बास्केटबल खेल्न सुरु गरिसकेको थिए । 

याओले सन् २००० र २००४को ओलम्पिकमा चीनियाँ राष्ट्रिय बास्केटबल टिमको सदस्यको रुपमा भाग लिएका थिए । याओसँग रिबक, भिजा, एप्पल र म्याक डोनाल्डसँग स्पोन्सरसिप डिल छ । याओको जर्सी नम्बर ११ हो । उनले सन् २००७ मा चीनियाँ बास्केटबल खेलाडी ये लीसँग विवाह गरे । उनले आफ्नो आत्मवृतान्त, ‘याओः अ लाइफ इन टु वल्र्ड’ लेखेका छन् । सन् २००८ मा चीनको भूकम्पमा उनले २ लाख डलर सहयोग स्वरुप भूकम्पपीडितलाई हस्तान्तरण गरेका थिए ।

सामाजिक सञ्जालमा निकै चर्चित बनको उनको फोटो एक अन्र्तवार्ताको क्रममा खिचिएको हो ।



हेर्नुहोस् भिडियो जुनबेला उनको चर्चित तस्बिर खिचिएको थियो : 



Related Posts:

Popular Posts

Blog Archive

Copyright © 2016 Google Dai. Powered by Blogger.