काठमाडौं—नेपाल आइसीसी अन्तर्राष्ट्रिय ट्वान्टी—२० को बरियतामा औपचारिक रुपमा प्रवेश गरेको छ। हालै सार्वजनिक आइसीसी ट्वान्टी–२० वरियतामा नेपाल १५ औं स्थानमा परेको हो।
नेदरल्यान्ड्ससँग चार वटा अन्तरार्ष्ट्रिय ट्वान्टी-२० खेले लगत्तै नेपालले आइसीसी अन्तर्राष्ट्रिय ट्वान्टी—२० को बरियतामा औपचारिक प्रवेश पाएको हो।

बरियताको पहिलो स्थानमा श्रीलंका छ। दोस्रो र तेस्रोमा क्रमशः भारत र अष्ट्रेलिया रहेका छन् भने नेपाल सबैभन्दा पुछारमा रहेको छ।
ट्वान्टी २० अन्तर्राष्ट्रियमा ७ खेलेपछि नेपालले र्याङकिङमा औपचारिक प्रवेश पाएको हो। २३५ पोइन्टसँगै नेपालले औपचारिकरुपमा प्रवेश पाएको आइसीसीले उल्लेख गरेको। नेपालको रेटिङ ३४ छ।