Thursday, July 2, 2015

आगो छुनु , आइमाई नछुनु

दीपकराज गिरी:
आज म लेख्दैछु.......
असार १५ धान रोप्ने मुख्य दिन। रोपेको फल्न ४ महिना लाग्नु पर्ने हो तर मन्त्री हरि पराजुलीले जे रोपे त्यसको पर्सी पल्टै फल्यो।
छँदा खाँदाको मन्त्री पद बदनामीको हिलोमा गाडियो। एमालेले सही निर्णय पनि लियो। तर, यसमा ठूलो पाठ लुकेको छ, म लगायत सबै पुरूषका लागि शिक्षा हुन सक्छ सायद यो घटना।
आगों छुनु , आइमाई नछुनु, भ्रष्टाचार गरेको भए बरू अदालतबाट प्रमाणित हुनुपर्थ्यो, लामो प्रक्रियापछि मात्र पद जान्थ्यो, महिला छोएको ४८ घन्टामै जागिर चट।
कस्तो रहेछ यो? महान आशाराम। क्षणभरमै निराशाराम बन्न पूगे।
विल क्लिन्टनमा लेवेन्सकी चन्द्रमामा दाग झै बनिन् बिश्वामित्र त्यही महिला प्रेमबाट साधुबाट आलु भए। त्यसैले नयाँ आउने कृषि मन्त्रीज्यू साउन १५ मा खेत गोड्न पनि बोलाउलान् तपाईँलाई। साउन १५ मा मन्त्रीज्यू दाँया बाँया नहेरी खेत गोड्नू।
राम्री महिलाहरू आएमा मुखतिरै नहेरी हात जोड्नु।

Popular Posts

Blog Archive

Copyright © 2016 Google Dai. Powered by Blogger.