Sunday, July 5, 2015

ट्वान्टी-२० अन्तरार्ष्ट्रिय र्‍याङकिङमा नेपालको प्रवेश

काठमाडौं—नेपाल आइसीसी अन्तर्राष्ट्रिय ट्वान्टी—२० को बरियतामा औपचारिक रुपमा प्रवेश गरेको छ। हालै सार्वजनिक आइसीसी ट्वान्टी–२० वरियतामा नेपाल १५ औं स्थानमा परेको हो।

नेदरल्यान्ड्ससँग चार वटा अन्तरार्ष्ट्रिय ट्वान्टी-२० खेले लगत्तै नेपालले आइसीसी अन्तर्राष्ट्रिय ट्वान्टी—२० को बरियतामा औपचारिक प्रवेश पाएको हो।
बरियताको पहिलो स्थानमा श्रीलंका छ। दोस्रो र तेस्रोमा क्रमशः भारत र अष्ट्रेलिया रहेका छन् भने नेपाल सबैभन्दा पुछारमा रहेको छ।

ट्वान्टी २० अन्तर्राष्ट्रियमा ७ खेलेपछि नेपालले र्‍याङकिङमा औपचारिक प्रवेश पाएको हो। २३५ पोइन्टसँगै नेपालले औपचारिकरुपमा प्रवेश पाएको आइसीसीले उल्लेख गरेको। नेपालको रेटिङ ३४ छ।
यस्तो छ बरियता सूचि

Popular Posts

Blog Archive

Copyright © 2016 Google Dai. Powered by Blogger.